बालकुमारीको मूर्ति चोर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

नेपालभ्युज

बालकुमारीको मूर्ति चोर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
फाइल तस्वीर ।

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालकुमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनः स्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।

माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि माघ २८ गते भेटिएको थियो।

गृहमन्त्री खाँणले नेपाल विविधताले भरिपूर्ण मुलुक भएको भन्दै विविधताबीच एकताका साथ अगाडि बढ्नुपर्ने बताए। उनले नेपालका परम्परा, रीतिथिति र स्थापित मठ मन्दिरहरूले नेपालीहरूलाई सदैव एकतामा बाँधेको बताए। कार्यक्रममा ऊर्जा मन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका पदाधिकारीसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved