भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा आठ गुणा बढी

अध्ययनको यो दाबी सही प्रमाणित भए कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने देश भारत बन्नेछ, अहिलेसम्म कोभिडबाट सबैभन्दा बढी मृत्यु हुने देशमा अमेरिकामा आठ लाख र ब्राजिलमा ६ लाख जनाको मृत्यु भएको छ।

नेपालभ्युज

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा आठ गुणा बढी
फाइल तस्वीर

एजेन्सी। भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या सरकारी आधिकारिक तथ्यांकभन्दा ८ गुणा बढी रहेको खुलासा भएको छ। बुधबार सार्वजनिक एक अध्ययनको तथ्यांकअनुसार उक्त खुलासा भएको हो।

अनुसन्धानमा वास्तविक तथ्यांकभन्दा कम तथ्यांक सार्वजनिक गरेर सरकारले दोस्रो लहरको प्रभाव कम रहेको देखाउन खोजेको आरोप लगाइएको छ। कोलकाताबाट निस्किने अँग्रेजी पत्रिका द टेलिग्राफमा सार्वजनिक उक्त अध्ययनले भारतमा नोभेम्बर २०२१ को शुरुसम्म कम्तीमा ३० लाख २० हजार मानिसको मृत्यु कोभिडबाट भएको दाबी गरेको छ। जबकी सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा मृत्यु हुनेको संख्या ४ लाख ६० हजार मात्रै देखाइएको छ।

फ्रान्सेली शैक्षिक संस्थाका डेमोग्राफ क्रिस्टोफ गुइलेमोटोले जुलाई २०२१ सम्ममा कोभिविडका कारण विश्वभर करीब ३ करोड २ लाख मानिसको मृत्यु भएको बताएका छन्। यो संख्या क्यानडाको टोरन्टो विश्वविद्यालयमा एपिडेमोलोजिस्ट प्रभात झा नेतृत्वको टोलीले गरेको अध्ययनमा पत्ता लागेको अनुमानित संख्यासँग तुलना गर्न सकिन्छ।

गुइलेमोटोले चार फरक क्षेत्रहरूमा कोभिड मृत्युहरू प्रयोग गरेर आफ्नो अध्ययन डिजाइन गरेका थिए। कोभिडका कारण केरलाको मृत्यु, भारतीय रेलका कर्मचारी, विधायक-सांसद र कर्नाटकमा विद्यालयका शिक्षकहरूको मृत्युको अध्ययन गरेर राष्ट्रव्यापी मृत्युको अनुमान गरिएको छ।

अध्ययनको यो दाबी सही प्रमाणित भए कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने देश भारत बन्नेछ, अहिलेसम्म कोभिडबाट सबैभन्दा बढी मृत्यु हुने देशमा अमेरिकामा आठ लाख र ब्राजिलमा ६ लाख जनाको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved