कार्यव्यवस्था समितिको कार्यसूचीमा परेन एमसीसी

आज बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसी आज संसद्मा पेश नगर्ने सहमति भएको थियो। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भोलि दिउँसो ३ बजे एमसीसीबारे निर्णायक निर्णय गर्न गठबन्धनको बैठक बोलाइएको छ। 

नेपालभ्युज

कार्यव्यवस्था समितिको कार्यसूचीमा परेन एमसीसी

काठमाडौं। संघीय संसद्को कार्यव्यवस्था परामर्श समिति बैठक सम्पन्न भएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न बैठक बसेको थियो।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता टेबुल गर्ने कार्यसूची राख्ने वा के गर्ने भन्ने विषयमा छलफल भएको थियो। बैठकले आजको सूचीमा एमसीसीलाई नराख्ने निर्णय गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाका अध्यक्षतामा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी थिए । यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया सहभागी भएका थिए।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले भने बैठकमा उपस्थिति जनाएको थिएन।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसद्मा पेश नगर्ने सहमति भएको थियो। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भोलि दिउँसो ३ बजे एमसीसीबारे निर्णायक निर्णय गर्न गठबन्धनको बैठक बोलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved