नेप्सेमा झिनो सुधार

नेपालभ्युज

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अंकले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ।

आइतबार एक सयभन्दा बढी अंकले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अंकले बढे पनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३७ अंकले घटेर ५११.३० मा पुगेको छ। नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ। कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाख रुपैयाँमा खरीदबिक्री भएको छ।

आज कुल १३ उपसमूहमध्ये आठ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ। बैंकिङ ३.२२, व्यापार ३९.५१, निर्जीवन बीमा १४.३६, उत्पादन ३५.२८ र सामूहिक लगानी कोष ०.०४ अंकले घटेको बजारमा, होटल तथा पर्यटन १८.४५, विकास बैंक १६.३२, जीवन बीमा ५२.४९, जलविद्युत् ५.३७, वित्त ४.८८, अन्य ०.३३ र लघुवित्त १३.४ अंकले उकालो लागेको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २५४ रुपैयाँ बराबरको कारोबार भयो।

यस्तै नेपाल दूरसञ्चार कम्पनी १७ करोड ७ लाख, अरुणभ्याली हाइड्रोपावर कम्पनी १५ करोड २३, अपी पावर कम्पनी ११ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको ११ करोड ४८ लाख रुपैयाँ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहे।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढ्यो। यस्तै सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रोपावर कम्पनी ४.२८, किसान लघुवित्त वित्तीय संस्था ३.६ र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य ३.५५ प्रतिशतले बढे।

त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य २३ अंकले घटेको आजको कारोबारमा प्राइम इन्स्युरेन्सको २४, नेपाल लाइफ इन्सुरेन्सको १९, एनआइवीएल समृद्धी फण्ड–२को ०.२० र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ०.१९ अंकले घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved