संक्रमित हुनेभन्दा झण्डै आठ गुणा बढी कोरोनामुक्त, १० जनाको मृत्यु

नेपालभ्युज

संक्रमित हुनेभन्दा झण्डै आठ गुणा बढी कोरोनामुक्त, १० जनाको मृत्यु

काठमाडौं। देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५ सय २१ जना संक्रमित थपिएका छन् भने ३ हजार नौ सय ३५ जना संक्रमणमुक्त भएका छन्।

१० हजार १ सय १५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। जसमा पीसीआर ६ हजार ३५ र एन्टीजेन ४ हजार ७८ समावेश छन्।

त्यस्तै देशभर २२ हजार पाँच सय ८४ जना अझै पनि सक्रिय संक्रमित रहेका जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved