क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्ल फेर्नुपर्ने अवस्थाका बिरामीलाई लुम्बिनी सरकारले दुई लाख दिने

नेपालभ्युज

क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्ल फेर्नुपर्ने अवस्थाका बिरामीलाई लुम्बिनी सरकारले दुई लाख दिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई दुई लाख सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले प्रदेशका नागरिकलाई यी तीन प्रकारको रोगको उपचारका लागि दुई लाख प्रदान गर्न लागिएको बताए।

यी रोगको उपचारमा संघीय सरकारले दिएको सुविधासँगै प्रदेशले थप २ लाख उपचार रकम सहयोग गर्न लागेको हो। “लुम्बिनी प्रदेशबाट नागरिकता बनाएका क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ भेर्दा दुई लाखसम्म सहुलियत दिन लागेको हो, यसका लागि बिरामीको विवरण संकलन गरिहेका छौं, सरकारले उपचारका लागि तोकेकका अस्पताल र बिरामी स्वयमले पनि कागजात ल्याएमा उनीहरुलाई नै दिन्छौं, डा देवकोटाले भने ।” उनका अनुसार लुम्बिनी प्रदेशले दिन लागेको रकम केन्द्र सरकारले दिने ८ रोगको सहुलियत खर्चभन्दा छुट्टै हो।
“केन्द्रिय सरकारले दिने रकम एक लाख हो भने हामीले थप दुई लाख दिइरहेका छौं,” उनले भने,“ लुम्बिनी प्रदेशका नागरिकले अब तीन रोगका लागि सबै गरेर तीन लाख पाउने छन्।” लुम्बिनी प्रदेशमा क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नु पर्ने जस्ता रोगहरु बढ्र्द गइरहेकाले विपन्न वर्गको राहतका लािग रकम सहयोग गर्न लागिएको उनले जानकारी दिए।

यसका लागि प्रदेशले आफ्ना नागरिकलाई उपचारमा सहुलियत प्रदान गर्न प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका–२०७८ समेत बनाइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved