“प्रचण्ड र माधवलाई ‘कामरेड’ भन्न मिल्दैन”

नेपालभ्युज

“प्रचण्ड र माधवलाई ‘कामरेड’ भन्न मिल्दैन”

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई “कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका चहार्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई “कामरेड’ भन्न नमिल्ने तर्क गरेका हुन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जीसीलाई पार्टीमा स्वागत गर्दै उनले दाहाल र नेपालप्रति कटाक्ष गर्दै कांग्रेसले हात नदिए हिँड्न नसक्नेहरूलाई वामपन्थी भन्न नमिल्ने बताए। अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक कांग्रेस नेताहरूले चुनावमा गठबन्धन नगर्नेभन्दा पनि दाहाल–नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको पनि बताए।

त्यस अवसरमा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए। यता, ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरू पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved