एक हजार १२८ सङ्क्रमित थपिए, १४ को मृत्यु

नेपालभ्युज

एक हजार १२८ सङ्क्रमित थपिए, १४ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ। सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४५० होम आइसोलेसन, ९९१ संस्थागत आइसोलेसन, २०६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन्। आज दुई हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन्। कोरोना सङ्क्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७८ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved