कोरोना अपडेट : थपिए २४०१ जना संक्रमित, १४ को मृत्यु

पछिल्लो २४ घण्टामा सात हजार ७७७ जना संक्रमणमुक्त भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या ३० हजार ३४१ पुगेको छ। 

नेपालभ्युज

कोरोना अपडेट : थपिए २४०१ जना संक्रमित, १४ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई  हजार ४०१ जना संक्रमित भएका छन्। यस अवधिमा कोरोनाबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर १६ हजार ३५६ नमुना परीक्षण गरिएको थियो।

११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ र चार हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० गरी दुई हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा सात हजार ७७७ जना संक्रमणमुक्त भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या ३० हजार ३४१ पुगेको छ।

नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ लाख ६ हजार ६१७ र मृत्यु हुनेको कुल संख्या ११ हजार ८५२ पुगेको छ।

अहिलेसम्म नौ लाख २८ हजार ३६९ जना संक्रमणमुक्त भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved