प्युठान जिप दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

प्युठान जिप दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

बुटवल। प्युठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेकाअनुसार पाँच महिला र तीन पुरुषको मृत्यु भएको छ।

अस्पताल लगिएका थप दुई जनाको मृत्यु भएको उनले बताए। घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। मृतक कसैको पनि पहिचान खुलेको छैन। घाइते पाँच जनालाई अस्पताल लैजाने तयारी गरिएको छ।

दुर्घटनास्थल निकै विकट भएकाले घाइतेको उद्धार गर्न तथा अस्पताल पुर्‍याउन कठिनाई भएको प्रहरीले जनाएको छ।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved