काठमाडौंमा अत्यधिक चिसो, यस्तो रह्यो जनजीवन (फोटो फिचर)

चिसोका कारण अधिकांश हुने खानेभन्दा हुँदा खाने वर्गहरू दैनिकी चलाउन काममै व्यस्त देखिए। शरीरै कपाउने चिसोमा पनि फिक्का बन्यो उनीहरूलाई, जो ज्याला मजदुरी गरेर पेट पाल्नुपर्नेहरु थिए।

काठमाडौंमा अत्यधिक चिसो, यस्तो रह्यो जनजीवन (फोटो फिचर)

काठमाडौं। काठमाडौं उपत्यकामा शुक्रबार पानी परेपछि चिसोले जनजीवन प्रभावित भएको छ। परपरीका डाँडाँहरुमा हिउँ नै पर्‍यो। वर्षाका कारण अघिल्ला दिनको तुलनामा काठमाडौंमा थप चिसो बढ्यो। पश्चिमी वायुको प्रभावका कारण बढेको चिसाले जनजीवन प्रभावित भएको हो।

चिसोमा सतर्कता अपनाउन विज्ञहरूले सुझाए पनि दैनिकी चलाउन मानिसहरू साबिककै गतिविधिमा सक्रिय देखिन्थे। अरू दिनभन्दा सडकमा कम भीड देखिए पनि कड्याङ्गिदो चिसोका बाबजुद साँझसम्म मानिसहरूको चहलपहल देखियो।

चिसोका कारण अधिकांश हुने खानेभन्दा हुँदा खाने वर्गहरू दैनिकी चलाउन काममै व्यस्त देखिए। शरीरै कपाउने चिसोमा पनि फिक्का बन्यो उनीहरूलाई, जो ज्याला मजदुरी गर्नेहरुहरु थिए। साइकल तथा ठेला गाडामा तरकारी बेच्ने तथा काममा जाने फर्कनेहरू चिसोकै बाबजुद आफ्ना काममा साँझसम्म व्यस्त देखिए। हेरौँ, केही तस्वीरहरु।

चिसो बढेपछि आगो तापेर ज्यान तताउँदै केही मानिसहरू
वर्षातकाबीच साइकलमा तरकारी लिएर फर्कँदै
गाडी कुर्दै एक युवा
ठेलागाडामा तरका बेच्दै महिलाहरू र छाता ओढेर गन्तव्यतर्फ जाँदै एक मानिस
चिसो बढेपछि सटरछेउ ओत लागेर सुतेका कुकुरहरू
सिमसिमे वर्षातकाबीच गन्तव्यमा जाँदै यात्री
ललितपुरको लाकुरी भञ्याङ डाँडा पारी परेको हिउँ

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved