‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन

नेपालभ्युज

‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन

विराटनगर। प्रदेश १ का प्रमुख पर्शुराम खापुङलले तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन गरेका छन्।

याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवं प्रचारकका रूपमा रहेका सिरिजङगा सि थेबेको योगदानमा केन्द्रित भएर लेखिएको पुस्तक धरानमा बिहीबार आयोजित कार्यक्रममा उनले विमोचन गरे‍का हुन्।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले इतिहास निर्माण गर्नु गाह्रो कुरा भएको उल्लेख गर्दै यो पुस्तक सिरिजङ्गाको बारेमा खोज–अनुसन्धानका लागि एउटा कोशेढुङ्गा भएको जनाए। लिम्बू जातिको गहन विषयमा पुस्तक लेखिएको भन्दै प्रमुख खापुङले इतिहाससँग जोडिएको विषयमा पुस्तक तयार भएकामा लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङलाई धन्यवाद दिएका थिए। उनले उक्त पुस्तक ऐतिहासिक दस्तावेज हुनेसमेत बताए।

तङ्सिङ मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा लेखक माबुहाङले सिरिजङ्गाका बारेमा खोज्न ताप्लेजुङको सिनाम, तेल्लोकबाट सिक्किमसम्म पुगेको जानकारी दिएका थिए। उनले गाउँघरमा सिरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोट भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको बताए।

उक्त लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजङ्गाका बारेमा क–कसले के–के लेखेका छन् तथा सिरिजङ्गाका सङ्कलित लेखोटमा के–के लेखिएका छन्, त्यसबारे अध्ययन गरेर पुस्तक लेखिएको उनले जानकारी दिए।

पुस्तकबारे डा रामनारायण कन्दङ्वा र युमा साम्यो महासभाका महासचिव डा रमेश इजमले टिप्पणी गरेका थिए। उनीरुले पुस्तक ऐतिहासिक दस्तावेज हुने बताए। कार्यक्रममा पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्द सुब्बाले पनि पुस्तकमाथि चर्चा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved