सय वर्ष पुगेकालाई घरमै पुगेर सम्मान

नेपालभ्युज

सय वर्ष पुगेकालाई घरमै पुगेर सम्मान

पोखरा। ज्येष्ठ नागरिक सरोकार समाज नेपालले एक सय वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ।

संस्थाले ज्येष्ठ नागरिक प्रतिको सामाजिक उत्तरदायित्व समेत वहन गर्दै एक सय बर्ष माथिका नागरिकलाई सम्मान गर्दै उनीहरूबाट आशीर्वाद लिने अभियानलाई संस्थागत रूपमै अघि बढाएको हो। उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणा दायक हुने कुरालाई आत्मसात गर्दै उनीहरूको आत्मसम्मानका लागि पनि सम्मान जरुरी ठानी यो अभियान शुरु गरिएको समाजका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए।

उनका अनुसार २०७२ सालबाट शुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म एकसय वर्षदेखि ११५ बर्षसम्मका समाजका १२ जना आमाबुवालाई घरमै पुगेर सम्मान गरिँदै आएको छ।

पोखरा महानगरपालिका वडा नं ७ माछापुच्छ्रे टोल निवासी १०४ वर्षीय इन्द्रकला पाध्या गौतमलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपालले उनको निवासमा पुगेर अध्यक्ष भक्तबहादुर श्रेष्ठले अग्रज आमा गौतमलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गरे।

संस्थाका आजिव सदस्यहरूको हकमा भने ७५ वर्षको उमेरमा सम्मान गर्दै आएको छ। हालसम्म ४०० जनालाई सम्मान गरिएको बताउँदै उनले भने, “संस्थाको आजीवन सदस्य बन्न एकमुष्ठ तीन हजार ५०० रुपैयाँ तोकिएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved