प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि

नेपालभ्युज

प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि

विराटनगर।  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा सात, उदयपुरमा ६, भोजपुर र इलाममा तीन\तीन, तेह्रथुममा दुई, सङ्खुवासभा र पाँचथरमा एक\एक तथा प्रदेश बाहिरका २९ जनामा कोरोना देखिएको हो। मोरङको विराटनगरमा ९७, बेलबारीमा सात, पथरीशनिश्चरेमा पाँच, उर्लाबारी र सुन्दरहरैचामा चार\चार, मिक्लाजुङमा तीन, कटहरी, जहदा र स्थानीय तह नखुलेका दुई\दुई, कानेपोखरी, सुनवर्षी, ग्रामथान, रङ्गेली र बूढीगङ्गामा एक\एक, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा पाँच\पाँच, कनकाई र बुद्धशान्तिमा चार\चार, मेचीनगरमा तीन, गौरीगञ्ज, शिवसताक्षी र स्थानीय तह नखुलेका एक\एक जनामा संक्रमण देखिएको छ। यसैगरी सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा तीन\तीन, इनरुवा, गढी र देवानगञ्जमा दुई\दुई, रामधुनी र कोशी गाउँपालिकामा एक\एक र स्थानीय तह नखुलेका नौ, धनकुटाको धनकुटा नगरपालिकामा चार, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक\एक, उदयपुरको कटारी र त्रियुगामा दुई\दुई, चौदण्डीगढी र बेलकामा एक\एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई र टेम्केमैयुङमा एक, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा एक\एक, तेह्रथुमको छथर र मेन्छेयायेममा एक\एक, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा एक\एक तथा प्रदेश बाहिरका २९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशमा ७७२ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २४३ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved