नाइजेरियामा लासा ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु

यो रोग नाइजेरियामा वर्षैभर देखा पर्दछ। तर, सुख्खा मौसममा धेरै देखा पर्ने जनाइएको छ।

नेपालभ्युज

नाइजेरियामा लासा ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु

एजेन्सी। नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको शुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले जनाएका छन्।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी)का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको छ।

२६ जनवरीमा स्वास्थ्य अधिकारीहरूले हालैको प्रकोपको प्रतिक्रियामा राष्ट्रव्यापी लासा ज्वरो आपतकालीन अपरेशनहरू सक्रिय गरेको बताएका छन्।

एनसीडीसीले मृत्यु दर कम गर्न जनस्वास्थ्य टोलीहरूलाई सहयोग गर्न राज्य प्रतिबद्ध रहेको बताएको छ।

यो रोग नाइजेरियामा वर्षैभर देखा पर्दछ। तर, सुख्खा मौसममा धेरै देखा पर्ने जनाइएको छ।

यो रोगबाट गतवर्ष नाइजेरियामा कम्तीमा ८० जनाको ज्यान गएको एनसीडीसीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved