भारतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोना खोप

नेपालभ्युज

भारतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोना खोप

एजेन्सी । विश्वको दोस्रो ठूलो जनसंख्या भारतले आफ्नो ७५ प्रतिशत वयस्क जनसंख्या (१८ वर्षमाथि) लाई खोप लगाएको छ। भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डावियाले आइतबार ट्वीटरमार्फत यसको जानकारी दिएका हुन्। ”सबको साथ सबैको प्रयासको मन्त्रका साथ भारतले आफ्नो ७५ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनको दुवै खुराक लगाउने लक्ष्य प्राप्त गरेको छ,” उनले लेखेका छन्, ”कोरोनासॅंग लड़ाईमा हामी निरन्तर बलियो बन्दै गइरहेका छौ। हामीले सबै नियमहरूको पालन गर्नुपर्छ र चाँडै भ्याक्सिन लगाउनु पर्नेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved