ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन आग्रह

नेपालभ्युज

ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन आग्रह
फाइल तस्वीर

काठमाडौं ।  कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ। अब मन्त्रिपरिषद्ले यस विषयमा निर्णय लिनेछ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने सिफारिस गरिएको सीसीएमसीसीले जनाएको छ। निजी सवारी र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायम रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved