क्रोएसिया जाने तयारीमा रहेका युवा सात दिनदेखि बेपत्ता

नेपालभ्युज

क्रोएसिया जाने तयारीमा रहेका युवा सात दिनदेखि बेपत्ता

इलाम। इलामका एक युवा सात दिनदेखि बेपत्ता छन्। इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका हुन्।

विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ। पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा थिए। बस्नेतसहित केही युवा एक महीना पहिले काठमाडौं हुँदै क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन एजेन्टमार्फत भारत गएका थिए। विदेश लैजाने एजेन्ट एकराज शर्माका सहयोगी कल्याण राईसँगै यही ५ माघमा भारत गएका उनी भारतबाट नै सम्पर्कविहीन भएका हुन्।

भारतको गुलाफ होटलमा बसेकोसम्म जानकारी भए पनि त्यहीँबाट सम्पर्कविहीन भएको उनका भाइ पुकार बस्नेतले जानकारी दिए। उनकाअनुसार बास बस्नका लागि होटल बुक गरेर बस्नेतलाई होटलमै छाडेर सँगै गएका पोखराका आशिष रानाभाटसहितको टिम फर्किएर आउँदा बस्नेत होटलमा नरहेको बताइएको छ। त्यहीँबाट बस्नेत सम्पर्कविहीन भएको आशिषले बताए। उनीसँग रानाभाटसहित मोरङका मनप्रसाद योङहाङ, मनबहादुर योङहाङ र कल्याण राई भारत गएका थिए।

परिवारका सदस्य बेपत्ता भएपछि बस्नेत परिवारमा चिन्ता छाएको छ। बस्नेत होटलबाट एक्लै घुम्न जाँदा पुनः होटल नचिनेर सम्पर्कविहीन भएको वा अन्य केही भएको भन्नेबारे अन्योल छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved