टेकु अस्पतालमा रोकिएको खोप आजदेखि फेरि शुरु

नेपालभ्युज

टेकु अस्पतालमा रोकिएको खोप आजदेखि फेरि शुरु

काठमाडौं। टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ। अस्पतालका अनुसार आज बिहान १० बजे नियमित खोप कार्यक्रम शुरु गरिनेछ।
यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगन गरिएका थियो।

तर काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी (काठमाडौ) बाट जनशक्ति व्यवस्थापन भएपछि आज पुनः खोप लगाउने कार्यक्रम थालिने भएको अस्पतालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved