रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न शान्ति समाजको माग

जनता समाजवादीकी नेतृसमेत रहेकी यादवले एक सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने धम्की दिएपछि मन्त्री यादवको चौतर्फी आलोचन भएको छ।

नेपालभ्युज

रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न शान्ति समाजको माग

बुटवल। मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

‘मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमाविपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ। आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

जनता समाजवादीकी नेतृसमेत रहेकी यादवले एक सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने धम्की दिएपछि मन्त्री यादवको चौतर्फी आलोचन भएको छ।

साथै, शान्ति समाजले सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवं अशोभनीय गतिविधिको निन्दासमेत गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved