पाकिस्तानमा विद्यालय बन्दको घोषणा

“सबै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ।

नेपालभ्युज

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

एजेन्सी। कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ।

कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये एक हजारभन्दा बढी बिरामी अहिले पनि आईसीयूमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ।

महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो।

“सबै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ। कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ।

सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ संक्रमित भएका छन्। तीमध्ये ६ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ संक्रमित थपिएका हुन्।

महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ।

पाकिस्तानमा अहिले कोरोनाभाइरसको पाँचौँ चरणको महामारी शुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved