सिरियाको जेलमा आईएसको आक्रमण, १८ सुरक्षाकर्मीको मृत्यु

नेपालभ्युज

सिरियाको जेलमा आईएसको आक्रमण, १८ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी। सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ।

सिरियाको उक्त सुधार गृहमा हजारौं संदिग्ध जिहादीहरूलाई राखिएको र त्यहाँ इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा परी कम्तीमा १८ जना कुर्दिश सुरक्षाकर्मी मारिएका एक युद्ध अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ।

आइएस समूहको नियन्त्रणमा रहेको राज्य सन् २०१९ मा पराजित भएको घोषणा गरिएपछि यस्तो सबैभन्दा ठूलो आक्रमण भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ।

एक प्रत्यक्षदर्शी स्थानीयले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीमा घटनामा विद्रोही समूहकासमेत दर्जनौ मारिएका बताए। तर मानवअधिकार अनुगमनकारी संस्थाले कुर्दिश आन्तरिक सुरक्षा बल र जेलका सुरक्षाकर्मीसहित मारिएकाहरूको सङ्ख्या १८ पुगेको पुष्टि गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved