पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै नेविसंघको प्रदर्शन शुरु

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै नेविसंघको प्रदर्शन शुरु

काठमाडौं। नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरूको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन शुरु गरेको छ।

शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायत स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

त्यस क्रममा उनीहरूले मूल्यवृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन्। मूल्यवृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिए। कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य बस्तुहरूको चर्को मूल्यवृद्धि गरेकाले त्यसको विरोध गर्नुपरेको उनले स्पष्ट पारे।

विरोध प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका ईकाई समिति, नेपाल कमर्श क्याम्पसका इकाइ समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाइ समिति र प्राविधिक विद्यार्थी परिषद्ले नेतृत्व लिएका छन्। उनीहरूले मूल्यवृद्धि खारेज गर्ने आफूहरूको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्यवृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ। यसले अन्य दैनिक उपभोग्य बस्तुहरूको समेत मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved