बिनादर्शकको आहा–रारा गोल्डकप आजदेखि

नेपालभ्युज

बिनादर्शकको आहा–रारा गोल्डकप आजदेखि

काठमाडौं।  मोफसलकै प्रतिष्ठित प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुुरु हुँदै छ। कोभिड–१९ संक्रमण बढ्दो क्रममा रहँदा प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गरिने सहारा क्लबले जनाएको छ। प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ।

प्रदेश सरकारले रंगशालामा एक तिहाइ दर्शक राखेर खेलाउन पाउने बताए पनि आयोजक सहाराले पहिलो चरणका खेल विनादर्शक खेलाउने निर्णय गरेको छ ।

आहा–रारा गोल्डकप पहिलो संस्करणदेखि निरन्तर भएको एक मात्र प्रतियोगिता हो । यो प्रतियोगिता जस्तोसुकै परिस्थितिमा पनि स्थगित भएको छैन ।

प्रतियोगिताको यो २०औँ संस्करण हो। पोखरा रंगशालामा हुने उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ। विजयी टोलीले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved