कोरोना खोप बेचबिखन गरिए कारबाही

नेपालभ्युज

कोरोना खोप बेचबिखन गरिए कारबाही

काठमाडौं। सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैध रूपमा बेचबिखनको गरिएको पाइएमा कारबाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैध रूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए।

अवैध रूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ’, उनले जारी गरेको सूचनामा भनिएको छ, ‘‘कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।’’

सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइ रहेको छ। अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्ष भन्दामाथि सबैलाई खोप लगाइ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved