अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्ध खोप दिने

नेपालभ्युज

अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्ध खोप दिने

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरू उपलब्ध गराउने भएको छ। अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरू उपलब्ध गराउन लागेको हो।

अफगानिस्तालाई अहिले १० लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारे।

उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोनसन एण्ड जोनसन खोप रहेको पनि उनले जानकारी दिए। विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमेरिकाको सहयोगले अफगानिस्तानका जनतालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

अमेरिकाले अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बरावरको विभिन्न सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो। अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि रुष्ट भएको अमेरिकाले अन्य सहयोग बन्द गरेपनि कोरोना महामारीबाट बचाउन आवश्यक पर्ने केही सहयोग भने गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved