भक्तपुरमा आजदेखि कोभिडविरुद्धको बुस्टर डोज खोप दिन शुरू (फोटो)

नेपालभ्युज

भक्तपुरमा आजदेखि कोभिडविरुद्धको बुस्टर डोज खोप दिन शुरू (फोटो)

भक्तपुर । भक्तपुर नगरपालिकाले कोभिडविरुद्धको पहिलो चरणको बुस्टर डोज खोप दिन सुरु गरेको छ। अग्रपंक्तिमा रहेर काम गर्ने सफाइ मजदुर, चालक, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरुलाई आज ४ माघदेखि खोप वितरण शुरू गरेको हो।

नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश सांसदद्वय सुरेन्द्रराज गोसाइँ, सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी लगायत वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरूले कोभिडविरुद्धको बुस्टर डोज खोप लगाए।

अग्रपंक्तिमा रहेर काम गर्ने ६५ जना पुरुष र १६ जना महिला गरी जम्मा ८१ जनालाई भेरोसेलको बुस्टर डोज खोप, १३२ जना पुरुष र ६८ जना महिला गरी जम्मा २०० जनालाई कोभिसिल्ड बुस्टर डोज खोप लगाइएको नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले बताए। उनले, “३१ जना जनप्रतिनिधि, ६३ जना सफाइ मजदुर, ७ जना सवारीचालक र ४ जना पत्रकारसहित २५० जना जनप्रतिनिधि र कर्मचारीले खोप लगाउनुभयो।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved