कोरोनाविरुद्ध ‘बुस्टर’ डोज यी अस्पतालमा पाइन्छ

नेपालभ्युज

कोरोनाविरुद्ध ‘बुस्टर’ डोज यी अस्पतालमा पाइन्छ

काठमाडौं। काठमाडौंका १९ अस्पतालहरूबाट कोरोनाविरुद्ध बुस्टर डोज खोप उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका १९ अस्पताललाई खोप केन्द्र तोकेको छ।

गत माघ २ देखि अग्रपंतिमा काम गर्नेलाई खोप दिन थालिएको थियो। काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइने छ।

साथै निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाठौं मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडीबुटीमा पनि खोप लगाइन्छ। खोप लगाउनका लागि खोप कार्ड लिएर जान मन्त्रालयले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved