स्वास्थ्य मापदण्ड पालना गर्न तथा सभा सम्मेलन रोक्न एमालेको सर्कुलर

केन्द्रीय कार्यालयले पठाएको सर्कुलरमा सभा सम्मेलन स्थगित गर्न निर्देशनसँगै सरकारले जारी गरेको मापदण्ड पालना गर्दै प्रदेश, जिल्ला तथा मातहतका कार्यालय खोल्न भनिएको छ।

नेपालभ्युज

स्वास्थ्य मापदण्ड पालना गर्न तथा सभा सम्मेलन रोक्न एमालेको सर्कुलर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यालयले २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्न सर्कुलर गरेको छ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मनाथ अधिकारीले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर यस्तो सर्कुलर पठाएका हुन्।

केन्द्रीय कार्यालयले पठाएको सर्कुलरमा सभा सम्मेलन स्थगित गर्न निर्देशनसँगै सरकारले जारी गरेको मापदण्ड पालना गर्दै प्रदेश, जिल्ला तथा मातहतका कार्यालय खोल्न भनिएको छ।

सर्कुलरमा कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अनाउँदै आयोजना गर्न पनि भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved