एमालेका केन्द्रीय नेतालाई अनुशासन आयोगको निर्देशन– ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू

नेपालभ्युज

एमालेका केन्द्रीय नेतालाई अनुशासन आयोगको निर्देशन– ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख-उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन-१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो।

आयोगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ। आयोगका सचिव भरत पहारीले तयार गरेको मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved