वीर र शिक्षण अस्पतालका ७५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

अपरेशन गर्नुपर्ने डाक्टर नै संक्रमित

नेपालभ्युज

वीर र शिक्षण अस्पतालका ७५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार पाँच दिनमा यो संख्यामा स्वास्थ्यकर्मीहरू संक्रमित भएका हुन्। विशेषगरी इन्टर्नसिप गर्दै गरेका एमबीबीएसका विद्यार्थी बढी संक्रमित भएका उनले जानकारी दिए।

अपरेशन गर्नुपर्ने डाक्टरसमेत संक्रमित भएपछि उपचारमा समस्या भएको उनले बताए। उपचार गर्न आएकाहरूमा पनि संक्रमण देखिन थालेको उनको भनाइ छ। काफ्लेले भने, “कोरोनाको दोस्रो लहरमा स्वास्थ्यकर्मी संक्रमित भए पनि यति धेरै संख्यामा भएको थिएन।” तर उनीहरूमा सामान्य लक्षण रुघाखोकी मात्र देखिएको काफ्लेले बताए।

संक्रमणको लक्षण हेर्दा ओमिक्रोन भएको हुन सक्ने उनले जानकारी दिए। संक्रमित सबै स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका पनि निर्देशक काफ्लेले बताए।

यता वीर अस्पतालमा पनि तीन दिनमा १५ जनामा संक्रमण देखिएको अस्पतालका सहनिर्देशक प्रज्वल श्रेष्ठले जानकारी दिए। वीर अस्पतालमा संक्रमित भएकाहरू धेरैजसो नर्स र डाक्टर भएका उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved