कोरोनाको दैनिक संक्रमित संख्या तीन हजार नाघ्यो

अघिल्लो दिनको तुलनामा ६३१ जनाले बढे

नेपालभ्युज

कोरोनाको दैनिक संक्रमित संख्या तीन हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा थप दुई जनाको संक्रमणबाट मृत्यु भएको छ।

१३ हजार ३६ जनाको परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएको छ। साथै अघिल्लो दिनको तुलनामा संक्रमणमुक्त हुनेको संख्यामा पनि कमी आएको छ। २४ घण्टायता २ सय ७८ जना संक्रमणमुक्त हुन सफल भएका छन्।

हिजो मन्त्रालयले दिएको जानकारीअनुसार देशभर २४ सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved