एमालेले सरकारलाई भन्यो, ‘लिपुलेकमा भारतको बलमिच्याइँ रोक्न लगाऊ’

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले बताएको छ। सडकलगायत संरचना निर्माण रोकिनुपर्ने भन्दै वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्ने एमालेले जनाएको छ।

नेपालभ्युज

एमालेले सरकारलाई भन्यो, ‘लिपुलेकमा भारतको बलमिच्याइँ रोक्न लगाऊ’
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कालापानी लिपुलेक क्षेत्रमा भारतले गरेको बलमिच्याइँ रोक्न लगाउन सरकारसँग माग गरेको छ।

यसअघि गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सड़क सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ।

एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको सरकारको पालामा जारी भएको चुच्चे नक्शामा समेटिएको भूभागमा भारतले एकतर्फी रुपमा सडक संरचना बनाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

विज्ञप्तिमा लेखिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गतवर्ष नै राजनीतिक–प्रशासनिक नक्शा एवं सविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ । ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कुटनीतिक पहल शुरु गरेको यथार्थ पनि स्पष्ट छ।’

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुयाउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले बताएको छ। सडकलगायत संरचना निर्माण रोकिनुपर्ने भन्दै वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्ने एमालेले जनाएको छ।

‘तर राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौ प्रश्न जन्माएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘हामो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved