थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

नेपालभ्युज

थप २ हजार ४४४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टायता थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कूल १५ हजार ३३ जनामा गरिएको परीक्षणबाट यो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये १ हजार ९ सय ८१ जना पीसीआर र ४ सय ६३ जना एन्टिजेन परीक्षणबाट थपिएका हुन्। हिजोको तुलनामा करिब एक हजार बढी संक्रमित थपिएका हुन्। हिजो भने कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।

यो अवधिमा ३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जनाएको छ। आज संक्रमणबाट १ जनाको निधन भएको छ। हाल देशभर ९ हजार पाँच सय २२ जना सक्रिय संक्रमित भएका पनि मन्त्रलायले जनाएको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved