शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरूसँग अन्तर्क्रिया, पाँच लाख बराबरको जोखिम बीमा

नेपालभ्युज

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरूसँग अन्तर्क्रिया, पाँच लाख बराबरको जोखिम बीमा

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरूसँग निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुलाई रु ५ लाख बराबरको जोखिम बीमा समेत गरिएको छ।

उक्त अन्तर्क्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो।

कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ रुपैयाँ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको थियो। यसका साथै उपस्थित ३ हजार ४५ निर्माणकर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, ब्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसी समेत हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्टले आफ्नो बिक्री क्षेत्रअन्तर्गतका संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायत जिल्लाहरुका विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम संचालन गरेको थियो ।

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गर्न सकिने छ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याइएको हो।

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा ‘क्वालिटीको मामिलामा नो कम्प्रमाइज’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ। देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउँदै आएको शिवम् सिमेन्ट २०१९ मा एनएस क्वालिटी अवार्डमा प्रथम भएको थियो।

ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा हैटौंडामा स्थापित भएको थियो। यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, युआरएस प्रमाणित आईएसओ सर्टिफिकेटप्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved