प्रचण्डलाई भेटेका प्रधानमन्त्रीसहित कांग्रेसका चार नेता ‘आइसोलेशन’मा

नेपालभ्युज

प्रचण्डलाई भेटेका प्रधानमन्त्रीसहित कांग्रेसका चार नेता ‘आइसोलेशन’मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका चार जना नेता ‘आइसोलेशन’मा बसेका छन्।

कांग्रेस सभापति रहेका प्रधानमन्त्री देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेताद्वय रामचन्द्र पौडेल र ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका हुन्।

चारै नेताहरू सत्तारुढ गठबन्धनको बैठकमा सहभागी थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। प्रचण्ड सहभागी सत्तारू गठबन्धन समन्वय समितिको बैठकमा कांग्रेस नेताहरू सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved