उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

नेपालभ्युज

उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

काठमाडौं। काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ। अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाडौँ र ललितपुरबाहेकका अरू जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ । भक्तपुरसहित अरू जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ।

बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरूले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुङ्गो लागेको छैन। बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ।

यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो। ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।

काठमाडौं , भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिने भनेर सरकारले सूचना नै निकालेको थियो । तर खोपका लागि चाहिने सिरिञ्ज अभाव भएको भन्दै यी जिल्लामा खोप अभियान स्थगित गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved