जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर छ : देउवा

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर छ : देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन्। उनले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औल्याए।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो अडान स्पष्टरूपमा राखेको बताए।

जलवायु परिवर्तन र यसले पारेको प्रभावलाई न्यून गर्न सञ्चारमाध्यमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले सक्रिय सहभागिताका लागि आग्रह गरे। वातावरण संरक्षण र जलवायु परिवर्तनका सन्दर्भमा जनचेतना जगाउन सञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले सरकारले पनि अल्पकालीन र दीर्घकालीन योजनाका साथ जलवायु परिवर्तनको मुद्दामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रले पनि यस्ता मुद्दामा हातेमालो गर्न जरुरी रहेको भन्दै सहकार्यका लागि आह्वान गरे।

सरकारले जलवायुमैत्री नीति तय गरेर काम गरिरहेको तथा अन्तर्राष्ट्रिय जलवायु सम्मेलनका क्रममा समेत स्पष्टरूपमा आफ्ना एजेण्डा प्रस्तुत गरेको प्रधानमन्त्रीको भनाइ थियो। सरकारले शुन्य कार्बनको नीतिका साथै वन जंगल फडानीलाई समेत शून्यमा झार्ने लक्ष्य राखेको उनले बताए।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जलवायु परिवर्तका मुद्दालाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्दै सञ्चारमाध्यमका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved