बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

नेपालभ्युज

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं ।  बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना तीन वर्षपछि अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक / एक गोल गरे ।  पोर्टोका तर्फबाट पेपेले एक गोल फर्काए ।

समूह एच मा रहेको बार्सिलोनाको ५ खेलबाट १२ अंक भएको छ ।  पोर्टो र शाख्तर दोनेत्स्कको समान ९–९ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved