सीसीएमसी बैठक:

जनचेतना जगाउँदै कोरोना खोप अभियानलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

सीसीएमसीका प्रवक्ता सहसचिव सुनिता नेपालका अनुसार बैठकमा देउवाले बनिसकेका होल्डिङ सेन्टरको निरीक्षण गर्ने तथा बन्न बाँकी रहेकालाई तत्काल बनाउन पनि निर्देशन दिएका छन्।

नेपालभ्युज

जनचेतना जगाउँदै कोरोना खोप अभियानलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमणका बारेमा जनचेतना जगाउँदै खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सीसीएमसी बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्नका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्री देउवाले सबैभन्दा पहिले जनचेतना जगाउन आवश्यक रहेको भन्दै त्यसमा लाग्न निर्देशन दिए। देउवाले कोरोना विरुद्धको खोप अभियानलाई पनि तीव्रता दिन भने।

सीसीएमसीका प्रवक्ता सहसचिव सुनिता नेपालका अनुसार बैठकमा देउवाले बनिसकेका होल्डिङ सेन्टरको निरीक्षण गर्ने तथा बन्न बाँकी रहेकालाई तत्काल बनाउन पनि निर्देशन दिएका छन्।

देउवाले पहिले तोकिएका कोभिड अस्पताल अस्पतालहरुमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धताका विषयमा पनि जानकारी लिएका छन्। उनले कोभिड अस्पताल अस्पतालहरुमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता हेरेर आवश्यक सामग्री तत्काल पठाउन पनि भनेका छन्।

बैठकमा कोरोनाको सम्भावित लहरलाई नियन्त्रण गर्नका लागि विभिन्न विकल्पहरुबारे छलफल भएको छ। बैठकमा प्रधानमन्त्री देउवाले देशभरका सबै कोभिड अस्पतालहरुलाई तयार अवस्थामा राख्न पनि निर्देशन दिएका छन्।

“कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरुलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजेन परीक्षण गर्दा देखिएका बिरामीहरुको कसरी आइसोलेशनको व्यवस्था गर्ने, देखिएका बिरामीहरुको थप परीक्षण बढाउने कुराहरु, उनीहरुको खाने, बस्ने सुविधाका कुराहरु, यी सबै पक्षमा कुरा भएको छ,” बैठकबारे स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने, “र, खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यही निर्देशन भयो ।”

बैठकमा ओमिक्रोन भेरियन्टको कोरोना संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ ।

संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए।

नेपालमा ठूलो संख्यामा ओमिक्रोन संक्रमण देखिएपछि समितिको बैठक बसेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको बताएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved