झण्डै दोब्बरले थपिए कोरोना संक्रमित

नेपालभ्युज

झण्डै दोब्बरले थपिए कोरोना संक्रमित

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा संक्रमण पुष्टि भएको हो।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश छ। यही अवधिमा थप २ सय ६२ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९७.९ प्रतिशत छ।

हाल देशभर ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन्। कोभिड-१९ को संक्रमणबाट थप कसैको मृत्यु भने नभएको मन्त्रालयले जनाएको छ।

हिजो मन्त्रालयले दिएको जानकारीअनुसार २४ घण्टाभित्र ५ सय ४० जनामा संक्रमण भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved