परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धबारे कुराकानी भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो। विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको कुराकानी भएको जनाइएको छ।

मन्त्रालयका अनुसार दुई देशबीच सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल भएको थियो। परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved