ओली भेट्न बालकोट जानेभए देउवा

नेपालभ्युज

ओली भेट्न बालकोट जानेभए देउवा
फाइल तस्वीर।

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट जाने भएका छन्।

लामो समयदेखि संसद अवरुद्ध रहेको अवस्थामा संसदको गतिरोध खुलाउन प्रधानमन्त्री देउवा सक्रिय हुने भएका हुन्। त्यसैका लागि प्रधानमन्त्री देउवा ओली निवास बालकोट जाने गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिएकी हुन्।

एमालेले कारबाही गरेका १४ सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले संसदमा नटाँसेको भन्दै एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेको छ। गठबन्धनको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले संसदमा देखिएको गतिरोध अन्त्यका लागि ओली निवास जाने निर्णय भएको हो।

२१ पुसमा एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट गएका थिए। ओलीसँगको भेटको विषयलाई पौडेलले आज बसेको गठबन्धनको बैठकमा जानकारी गराएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेटन जाने भएका हुन्।

बुधबार भएको ओली-पौडेलबीचको भेटवार्ता पनि संसद् अवरुद्धको विषय उठेको थियो। यद्यपि, ओलीले त्यसलाई विषयान्तर गरेको पौडेलको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved