काठमाडौं। कोभिड १९ महामारीका कारण थलिएको पर्यटन क्षेत्र चलायमान बनाउने पहल भए पनि यस वर्ष पर्यटकको संख्या झनै घटेको छ। सन् २०२० मा कोभिड महामारीले विश्व अर्थतन्त्रमै ठूलो प्रभाव परे पनि यस वर्ष क्रमश: अन्य क्षेत्र चलायमान भए पनि नेपाली पर्यटन क्षेत्र भने चलायमान हुन सकेन।
नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९६२ पर्यटक आएका छन्, जुन कोभिड १९ उत्कर्षमा रहेको अघिल्लो वर्षको भन्दा ३४ प्रतिशतले कम हो। अघिल्लो वर्ष नेपालमा २ लाख ३० हजार पर्यटक आएका थिए।
नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाअनुरूप वर्ष २०२० लाई भ्रमण वर्ष घोषणा गरिए पनि शुरुका तीन महीनाबाहेक कोभिड महामारीका कारण त्यसपछि नेपाल आउने पर्यटकको संख्या न्यून रहेको थियो।
सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल भित्रिएका थिए।

Facebook Comment
Comment