माओवादी महाधिवेशनको चौथो दिन, सामूहिक छलफलको निष्कर्ष सुनाइँदै

नेपालभ्युज

माओवादी महाधिवेशनको चौथो दिन, सामूहिक छलफलको निष्कर्ष सुनाइँदै

काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेश गरेको राजनीतिक प्रतिवेदनमा मंगलबार भएको छलफलको आज निष्कर्ष सुनाउँदै छन्।

माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने कार्यक्रम छ। मंगलबार नसकिएको छलफल बुधबार १२ बजेसम्म सक्दै १ बजेपछि समूहगत रूपमा निष्कर्ष सुनाउने बताइएको छ।

यसअघि माओवादीमा पदाधिकारी संख्या ५ रहेकोमा त्यसलाई बढाएर १५ पुग्याउने बताइएको छ। विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाउन लागिएको हो। बन्दसत्रको पहिलो दिन नेता देव गुरुङले विधान संशोधन प्रस्ताव दर्ता गराएका थिए।

संशोधित विधान अनुसार पार्टीमा अध्यक्ष वरिष्ठ उपाध्यक्षसहित ६ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ। भने एक महासचिव र २ उपमहासचिव रहने छन्। यस्तै ३ सचिव र १ कोषाध्यक्ष राख्ने गुरुङले विधान संशोधनमार्फत प्रस्ताव गरेका छन्।

प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिलाई विभिन्न २५ समूहमा विभाजित गरिएको थियो। प्रत्येक समूहको नेतालाई निष्कर्ष सुनाउन १५ मिनेटको समय दिने बताइएको छ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसँगै पार्टीका अर्का नेता राम कार्कीले पुरक प्रतिवेदन पनि सार्वजनिक गरेका छन्। कार्कीको पुरक प्रतिवेदनउपर भने छलफल हुने/नहुने केही जनाइएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved