नयाँ बसपार्कमा सामूहिक बलात्कार आरोपमा ८ जना पक्राउ

नेपालभ्युज

नयाँ बसपार्कमा सामूहिक बलात्कार आरोपमा ८ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हिजो (मंगलबार) राति महिलामाथि सामूहिक बलात्कार भएको हो। बलात्कार आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ।

मंगलबार राति र बुधबारसम्म काठमाडौंका विभिन्न ठाउँबाट बलात्कार आरोपीलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved