कर्णालीमा हिउँपरेसँगै जनजीवन कष्टकर

नेपालभ्युज

कर्णालीमा हिउँपरेसँगै जनजीवन कष्टकर

सुर्खेत । देशभर वर्षासँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ।

गए रातिदेखि लगातार परेको पानीका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन झनै प्रभावित भएको छ।

उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ। हिमपातसँगै अधिकांश ठाउँका फोन सेवासमेत प्रभावित भएक छन्।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए। बिहानै घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन्।

चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ। नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved