भारतमा फैलँदो ओमिक्रोन : उत्तराखण्डमा कर्फ्यु लगाइएपछि कञ्चनपुरमा विशेष सावधानी

नेपालभ्युज

भारतमा फैलँदो ओमिक्रोन : उत्तराखण्डमा कर्फ्यु लगाइएपछि कञ्चनपुरमा विशेष सावधानी

धनगढी। भारतको उत्तराखण्ड प्रदेशमा रात्रिकालीन कर्फ्यु लगाइको छ। कञ्चनपुरको सीमासँग जोडिएको उत्तराखण्डमा कर्फ्यु लगाइएपछि जिल्ला प्रशासन कञ्चनपुरले पनि थप सावधानी अपनाउने भएको छ।

सीमा नाकालाई थप व्यवस्थित गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। “नाकामा स्वास्थ्य परीक्षण गरिरहेका छौं,” उनले भने, “खोपको कार्यक्रम पनि सञ्चालित छ, कञ्चनपुरमा रात्रिकालीन गतिविधि खासै हुँदैन, त्यसैले अहिले नै कर्फ्यु लाग्दैन।”

कोरोना संक्रमितलाई राख्न होल्डिङ सेन्टर निर्माण भइरहेको उनले बताए। “सीमा नाकामै होल्डिङ सेन्टर निर्माण भइरहेको छ,” उनले भने, “त्यहाँ १ हजार बढी संक्रमितलाई राख्न सकिन्छ।”

सोमबार दिल्लीमा २ सय ९० जना नयाँ संक्रमित फेला परेपछि भारतको उत्तराखण्ड प्रदेशमा रात्रिकालीन कर्फ्यु लगाएको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि उत्तराखण्ड सरकारले हरेक दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved