दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यु

नेपालभ्युज

दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यु

काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनाका संक्रमित बढेपछि राजधानी नयाँ दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यु घोषणा भएको छ। राज्य सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।

हालसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या ५७८ पुगेको छ, जसमध्ये सबैभन्दा बढी संक्रमण महाराष्ट्र र नयाँ दिल्लीमा देखिएको छ। भारतमा कुल सक्रिय संक्रमितको संख्या ७५ हजार ८४१ पुगेको छ।

ओमिक्रोनको बढ्दो संक्रमणलाई रोक्न केन्द्र सरकारले ठूला जमघट र कार्यक्रममा प्रतिबन्ध लगाउन प्रान्त सरकारलाई निर्देशन दिएको छ। योसँगै नयाँ दिल्ली र मुम्बईसहित केही शहरहरूमा नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved