प्रधानमन्त्री देउवाको भ्रमणअघि भारत पुगिन् आरजु

नेपालभ्युज

प्रधानमन्त्री देउवाको भ्रमणअघि भारत पुगिन् आरजु

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चल्दै गर्दा आइतबार प्रधानमन्त्री पत्नी आरजु देउवा भारत पुगेकी छन्।

२६-२८ पुसमा भारतस्थित गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यसतर्फ जाने तयारी चल्दै गर्दा देउवा पत्नी आरजु आइतबार बिहान ११:४० मा नेपाल एयरलाइन्सको नियमित उडानअन्तर्गत भारत गएकी हुन्।

यद्यपि, आरजुको यो भ्रमण निजी कामका लागि भएको दाबी उनी निकट स्रोतको छ। ‘सोमबार दिल्लीमा उहाँको भाइको शल्यक्रिया छ, भाइको उपचारकै सिलसिलामा उहाँ भारत जानु भएको हो,” स्रोतले भन्यो।

प्रधानमन्त्री देउवा समिटमा सहभागी हुन २५ पुसमा भारत जाँदैछन्। सन् २००३ देखि शुरु भएको यस समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। यस क्रममा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। तर, मोदीसँग उनको भेटवार्ता गुजरातमै भेटवार्ता हुन्छ वा दिल्लीमा भन्‍ने तय भइसकेकाे छैन।

२९ असारमा प्रधानमन्त्री बनेपछि देउवा पहिलोपटक भारत जान लागेका हुन्। २४ देखि २७ मंसीरसम्म काठमाडौँमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट देउवा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved